धनगढीमा गाडीले ठक्कर दिएर मान्छे मार्ने भारतीय मध्यरातमा पक्राउ, एसपी र डीएसपी आफैँ खटिएका थिए

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा मोटरसाइकललाई ठक्कर दिएपछि गाडीसहित भागेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

Telecome

आइतबार राति पौने १० बजेतिर धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोकमा युपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई दिएर गाडीसहित भागेका चालक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले भारतको उत्तर प्रदेश वाराणसी बस्ने ४२ वर्षीय अश्वनी कुमार सिंहलाई राति साढे १ बजे पक्राउ गरिएको जानकारी दिए । उनलाई गोदावरी नगरपालिका–६ को लालपुरमा लुुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको तिमिल्सिनाले बताए ।

प्रहरीकाअनुसार ठक्कर दिएपछि भागेर उनी गाडीसहित लालपुरस्थित ससुराली घरमा पुुगेका थिए । त्यहीबाट समातिएका हुन् । सिंहको खोजीमा कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्द र प्रहरी नायब उपरीक्षक(डीएसपी) योेगेन्द्र तिमिल्सिना आफैँ खटिएका थिए । उनलाई हिरासतमा रखेर थप अनुुन्धान भइरहेको छ ।

गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्दको मृत्यु भएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...