
धनगढी । कैलालीको अत्तरिया हस्पिटलमा मुटुको शल्यक्रिया गरेपछि बेहोस् भएका बैतडीको पाटन नगरपालिका–६ का हेमन्त भण्डारीको मृत्यु भएको छ । स्वास्थकर्मी समेत रहेका भण्डारीले सोमबार पाटनस्थित घरमै देह त्याग गरेका हुन् ।

गत सोमबार अत्तरिया हस्पिटलले गरेको मुटुको पहिलो शल्यक्रियामा समान्य अवस्थामा रहेका उनी केही घण्टामा बेहोस् भएका थिए ।
अस्पतालकै आईसीयूमा बेहोस् भएपनि समयमै उपचार नपाएका भण्डारीलाई अचेत अवस्थामा भारतको रुद्रपुर लगिएको थियो ।
मेडिसिटी हस्पिटलले अचेत अवस्थामा स्थिर रहेको भण्डारीको बाच्ने सम्भावना नभएको भन्दै डिस्चार्ज गरेर घर फर्काएको छ ।
उनलाई अचेत अवस्थामै आइतबार मात्र पाटनस्थित घरमा पुगाइएको थियो ।
रुद्रपुरका चिकित्सकले भण्डारीको मुुटुको चाल ठीक भएपनि शल्यक्रियाका क्रममा अत्तरिया हस्पिटलका डाक्टरले ब्रेनको नसा काटिदिएको आशंका व्यक्त गरेको परिवारले जनाएको छ ।
सम्बन्धीत समाचार
अत्तरिया हस्पिटलमा मुटुको शल्यक्रिया गरेका भण्डारीको अवस्था चिन्ताजनक, चिकित्सकमाथि लापरवाहीको आरोप

