गणेश नेपालीको मृत्यु प्रकरण : तीन जना नगर प्रहरी नियन्त्रणमा

cp new add
Nisharg hospital

काठमाडौं । आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

Nast Ad

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा रहेका तीनैजना काठमाडौं महानगरका नगर प्रहरीहरू हुन् । दुई महिला र एक पुरुष नगर प्रहरीसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ ।

उनीहरूलाई अहिले कालीमाटी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि दिउँसो साढे १ बजे आफ्नै शरीरमा आगो लगाउँदा मुगुका गणेश नेपाली गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज निधन भएको हो ।

बिहीबार दिउँसो राहदानी विभाग अगाडि उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक गरेको थियो।

त्यसपछि केहीबेर सुरक्षाकर्मीसँग विवाद परेको र पछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको आफन्तको दाबी छ। प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...