१० प्रतिशत निःशुल्क शय्या सेवाका लागि फोकल पर्सन तोकियो

cp new add
Nisharg hospital

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने १० प्रतिशत निःशुल्क शय्या सेवा तथा उपचारलाई प्रभावकारी बनाउन सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ।

Nast Ad

मन्त्रालयले ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ बमोजिम डा. नवराज जोशीलाई फोकल पर्सनको जिम्मेवारी दिएको हो।

मन्त्रालयका अनुसार विभिन्न अस्पतालसँग आवश्यक समन्वय, उपचारसम्बन्धी सेवा सहजीकरण तथा सूचना आदान–प्रदानलाई व्यवस्थित बनाउन यो व्यवस्था लागू गरिएको हो। उपचार सेवासम्बन्धी समन्वय र जानकारीका लागि डा. जोशीलाई ९८५१४६००३७ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

यस व्यवस्थामार्फत अस्पतालहरूबीच सूचना आदान–प्रदान, सेवा समन्वय तथा उपचार सहजीकरणलाई एकीकृत रूपमा सञ्चालन गरिनेछ। मन्त्रालयका अनुसार यसले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने १० प्रतिशत निःशुल्क शय्या सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमलाई थप प्रभावकारी र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...