गणेश नेपाली आत्मदाह प्रकरण : सुर्खेतमा पनि विरोध

cp new add
Nisharg hospital

सुर्खेत। शरिरमा पेट्रोल छर्केर आत्मदाह गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्युु भएपछि सुर्खेतमा युवाहरुले विरोध जनाएका छन्।

Nast Ad

बिहिवार महानगर प्रहरीसँगको विवादपछि नेपालीले काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनको शुक्रबार उपचारका क्रममा मृत्युु भएपछि युवाहरु आन्दोलनमा उत्रिएका हुन्।

युवाहरुले घटनामा संलग्नलाई कारवाही हुनुपर्ने माग गरेका छन्। युवालाई रोजगारी दिनुको साटो मर्न बाध्य बनाउने सरकार आफुहरुलाई नचाहिने प्रतिक्रिया उनीहरूले दिएका छन्।

मृतकका परिवारलाई उचित राहत दिनुपर्ने उनीहरुको माग छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...