रसुवामा बाढीको त्रास : सुरुङभित्र फसे जलविद्युत् आयोजनाका मजदुर

cp new add
Nisharg hospital

काठमाडौं । लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेका छन् ।

Nast Ad

२० मेगावाट जलविद्युत् आयोजनाको सुरुङमा ती मजदुर फसेको कम्पनीका प्रबन्ध निर्देशक तथा इप्पानका सचिव विजयमोहन भट्टराईले जानकारी दिए । उनका अनुसार नदीको सतह भन्दा १ सय मिटरमाथि सुरुङमा काम गर्दै गरेका मजदुर फसेका छन् । उनीहरूको उद्धार हुन सकेको छैन । मोबाइल सम्पर्क समेत हुन सकेको छैन ।

‘म आफैं हेलिकप्टर लिएर जान खोजेको थिँए, तर सबै सरकारले परिचालन गरेका कारण हेलिकप्टर उपलब्ध हुन सकेन,’ उनले भने, ‘उद्धारमा सरकारका निकायले तत्परता देखाउनुपर्ने छ ।’

उनका अनुसार आयोजनामा ६० हाराहारी मजदुर काम गरिरहेका थिए । यी सबै कामदारबारे पूर्ण जानकारी आइसकेको छैन । ‘हेडवर्क्समा काम गरिरहेका कर्मचारी सुरक्षित रहेको जानकारी आएको छ,’ उनले भने, ‘अन्यको अवस्था बुझ्ने क्रममा छौं ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...