कैलालीमा चरेस र ब्राउन सुगरसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले चरेस र ब्राउन सुगर ९खैरो हेरोइन० सहित तीन जनालाई पक्राउ गरेको छ।

Nast Ad

जिल्लाको गोदावरी नगरपालिका–९ बाट प्रहरीले अवैध लागूऔषध चरेस जस्तो देखिने १७२ ग्राम ९३ मिलिग्राम कालो पदार्थ र एक थान डिजिटल तराजु सहित ३५ वर्षीया पार्वती गुरधामीलाई आफ्नै घरबाट पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

त्यसैगरी लम्कीचुहा नगरपालिका–४ बलियाबाट ३ ग्राम ७०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २१ वर्षीय उज्जल चौधरी पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो।

यही स्थानबाट प्रहरीले २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २३ वर्षीय अमित चौधरीलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...