
धनगढी । सहकारी रकम हिनामिना मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालतकाे २०८२ मंसिर २ गतेको फैसलाले २ वर्ष कैद सजाय र ८ लाख ८७ हजार २ सय ७८ रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१८ निवासी ४१ वर्षीय शिद्द राज सोतीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सोतीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको छ।

