
धनगढी । कैलालीमा प्रहरीले साढे ८ लाखको अवैध सामान बरामद गरेको छ ।

विभिन्न स्थानबाट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका ८ लाख ४४ हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार बेवारिसे अवस्थामा प्लास्टिक रेनकोट, सुर्ती, बिडीलगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

