कीर्तिपुरमा कारभित्रै जल्ने व्यक्तिको पहिचान खुल्यो

cp new add
Nisharg hospital

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ ।

Nast Ad

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कारभित्रै जलेर मृत्यु हुने व्यक्ति सुरेशचन्द श्रेष्ठ हुन् । उनी कारधनी समेत रहेको प्रहरीले बताएको छ ।

मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको हो । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...