किसान बहुद्देश्यीय सहकारीद्वारा मृतक शेयर सदश्यको परिवारलाई ४ लाख ८ हजार सहयोग

cp new add
Nisharg hospital

धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरैया शाखाले श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रममार्फत मृतक शेयर सदस्यको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

Nast Ad

जानकी गाउँपालिका–९ अमरावती निवासी शेयर सदस्य सरस्वती बुढाका श्रीमान् प्रविन बुढाको असामयिक निधन भएपछि संस्थाले सहकारीको सुविधा कार्यक्रमअन्तर्गत ४ लाख ८ हजार ७ सय ३६ रुपैयाँ हस्तान्तरण गरेको हो।

सुविधा रकम हस्तान्तरण कार्यक्रमका संस्थाकातालिम विभाग प्रमुख नारायण चौधरीको अध्यक्षतामा तथा जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाले आफ्ना शेयर सदस्य तथा बचतकर्ताको निधन भएमा संस्थागत नीतिअनुसार परिवारलाई आर्थिक सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिएका हुन् ।

कार्यक्रममा किसान कोप एग्रो बिजनेस जोशीपुर आउटलेटका निमित्त प्रमुख वीरेन्द्रबहादुर शाहका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सञ्चालित ४० वटा शाखा, किसान कोप मार्टका ३ आउटलेट र किसान कोप एग्रोका ३ आउटलेटमार्फत शेयर सदस्यलाई सेवा प्रदान भइरहेको जानकारी दिए।

उनले सहकारी मार्फत सहुलियत दरमा कृषि सामग्री, बीउबिजन, मल, भिटामिन तथा निःशुल्क प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको जानकारी दिए ।साथै, शेयर सदस्यहरूलाई मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी निःशुल्क तालिमसमेत सञ्चालन गर्दै आएको बताए।

कार्यक्रमको सहजीकरण किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरैया शाखाका शाखा प्रमुख प्रविन चौधरीले गरेका थिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...