रेनकोट ओढेर स्कुल गइरहेको फोटो भाइरल बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क पढाइने

cp new add
Nisharg hospital

रोल्पा। रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म निस्शुल्क अध्ययन गर्न पाउने भएका छन्।

Nast Ad

पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई स्थानीय बोर्डिङ स्कुल र गाउँपालिकाले निस्शुल्क पढाउने प्रतिवद्धता गरेका हुन् ।

अहिले सियाँ ३ वर्षकी छन् भने दुई मनजीता ५ र ६ वर्षका छन् । रुन्टीगढी गाउँपालिका-४ टोलबाङका उनीहरुलाई सुर्पाल बजारमै रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा, नर्सरी, एलकेजी र एक कक्षामा अध्ययनरत छन् ।

उनीहरुलाई हाल पढेरहेकै विद्यालयले कक्षा-६ सम्म निस्शुल्क अध्ययन गर्ने व्यवस्था गरेको छ । कक्षा-७ देखि उच्च शिक्षासम्म भने रुन्टिगढी गाउँपालिकाले अध्ययन गराउने प्रतिबद्धता जनाएको छ ।

समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा शुक्रबार रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल तेजबहादुर पुन र भिडियो खिच्ने लोकेन पुनलगायतका व्यक्ति ती बच्चाहरुको घरमा पुगेका थिए ।

तीनै बालिकाका बुवाहरू रोजगारीका सिलसिलामा विदेश रहेका छन् । दुई जना एकै घरका हुन् भने एक जना छिमेकी हुन् । घरमा पुगेर तीनैजना बालिकाका आमाहरूसँग उच्च शिक्षासम्म निस्शुल्क अध्ययन गर्न पाउने सहमति भएको समाजसेवी तथा पत्रकार भुवन थापाले जानकारी दिए । ‘हामी हिजो तीनै बालिकाको घरमा अभिभावक भेट्न स्थानीय सरकारका प्रमुख, बोर्डिङका प्रिन्सिपल र भिडियो भाइरल गराउने व्यक्ति लगायत घरमा पुगेका थियौं र घरमा गएर उच्च शिक्षासम्म निस्शुल्क पढाउने सहमति भयो‘, पत्रकार थापाले भने ।

सहमति अनुसार सम्बन्धित एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कूलले कक्षा ६ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउनेछ । ‘हामीले यी तीन बच्चालाई कक्षा-६ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने हाम्रो प्रतिवद्धता भयो’, एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल तेजबहादुर पुनले भने ।

कक्षा-७ देखि उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी गाउँपालिकाले लिने रुन्टिगढी गाउँपालिकाका अध्यक्ष प्रमुख जनक पुनले बताए । ‘उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी हाम्रो रहन्छ यो मेरो प्रतिबद्धता हो,’गाउँपालिका अध्यक्ष पुनले भने।

पानी परिरहेको मौसममा रेनकोट ओढेर उकालो हिँडिरहेका तीन जना बच्चाहरुको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा गुलाफी, हरियो र पहेँलो रेनकोट ओढेका एकनासका देखिने बच्चाहरु आफ्नै सुरमा उकालो बाटो हिँडिरहेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...