गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी

cp new add
Nisharg hospital

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा २ महिला बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो ।

Nast Ad

पहिरोमा केही पशुचौपाया पुरिएका छन् । प्रहरीले विवरण संकलन गर्ने क्रममा दिउँसो ४:२० बजेसम्म दुई जना महिला पहिरोमा बेपत्ता भएको जनाएको छ । यद्यपि उनीहरूको अवस्थाबारे भने प्रहरीले यकिन नभइसकेको जनाएको छ ।

उनीहरूको परिचय तथा पशुचौपायाको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।

प्रहरीले खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...