गेटा विश्वविद्यालयको ढिलाइ अब स्वीकार्य छैन : नगर प्रमुख हमाल

cp new add
Nisharg hospital

धनगढीस् धनगढी उपमहानगरपालिकाले गेटा मेडिकल विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु गर्न आवश्यक वातावरण सिर्जना गर्न सबै पक्षसँग आग्रह गरेको छ।

Nast Ad

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले नगर प्रमुख तथा यस क्षेत्रका जनताको हैसियतले गेटा मेडिकल कलेज अहिले विश्वविद्यालयको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै अब थप ढिलाइ नगरी यही शैक्षिक सत्रबाटै पठनपाठन सुरु हुनुपर्नेमा उपमहानगरपालिका दृढ रहेको बताए।

उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति लगायतका विषयहरू त्यति महत्वपूर्ण नरहेको उल्लेख गर्दै मुख्य प्राथमिकता शैक्षिक गतिविधि सुरु गर्नु र सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु रहेको बताए। ‘को पदाधिकारी बन्यो वा बनेन भन्ने विषय तपसिलको कुरा हो। धेरै लामो प्रतीक्षापछि गेटा मेडिकल कलेज सही दिशामा अघि बढेको छ। अब कुनै पनि बहानामा यसको गति रोकिनु हुँदैन,’ उनले भने।

नगर प्रमुखले गेटा मेडिकल कलेजको पूर्वाधार विकास समितिको नेतृत्वसँग आफू प्रत्यक्ष रूपमा जोडिएको अनुभव पनि स्मरण गरे। उनका अनुसार यसअघि डा. चेतराज पन्तको अध्यक्षतामा पूर्वाधार विकास समिति रहेको थियो। उनको कार्यकाल सकिएपछि शिक्षा मन्त्रालयले अधिकार दिएअनुसार धनगढी उपमहानगरपालिकाले समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको र सो जिम्मेवारी आफूले नै निर्वाह गरेको हुँदा यस विषयमा आफूलाई पर्याप्त जानकारी रहेको उनको भनाइ छ।

उनले सुदूरपश्चिमका नागरिक गेटा मेडिकल विश्वविद्यालयसँग भावनात्मक रूपमा जोडिएको उल्लेख गर्दै अब कुनै अन्योल वा शंका नगरी यही शैक्षिक वर्षमै कम्तीमा एमबीबीएसको पठनपाठन सञ्चालन हुने वातावरण बनाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए। ‘हाम्रो स्पष्ट भनाइ छ—जसरी भए पनि पढाइ छिटो सुरु होस् र जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकून्। यही उद्देश्य पूरा गर्न सबै पक्षले आवश्यक सहयोग गर्नुपर्छ,’नगर प्रमुखले आग्रह गरे।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...