
कञ्चनपुर । कञ्चनपुर जिल्लामा अवैध रूपमा लुकाइछिपाइ राखिएको काठसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी खड्डाकंकडबाट खटिएको संयुक्त प्रहरी टोलीले पुनर्वास नगरपालिका–९ धनसिडा बस्ने वर्ष ३९ का ऐन बहादुर शाहीलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा उनको टहरामा छापा मार्दा अवैध किसमको १७.५५ क्यु फिट काठ फेला परेको प्रहरीले जनाएको छ। अन्दाजी २५ हजार रुपैयाँ बराबरको उक्त काठ र शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सव डिभिजन वन कार्यालय पचकडिया परसन, कञ्चनपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

