सुनसरी घटनामा घाइते भएका युवकको उपचारको क्रममा मृत्यु

cp new add
Nisharg hospital

सुनसरी । सुनसरीमा भएको घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

Nast Ad

गत आइतबार राति देवानगन्ज गाउँपालिका- ३ कप्तानगन्जमा भएको झडपको क्रममा गोली लागेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए।

मृतक कप्तानगन्जका २१ वर्षीय जयप्रकाश मेहता हुन् । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको थियो। उपचारको क्रममा आज मृत्यु भएको डिआइजी काफ्लेले जानकारी दिए।

डिआइजी काफ्लेका अनुसार उनको पेटमा गोली लागेको थियो। घटनामा घाइते अवस्थामा रहेका ८ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृतक मेहता सिटी सफारी चलाउँथे। यसअघि आइतबारको घटनामा स्थानीय देवानगञ्ज – ३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। यो सँगै मृतकको संख्या दुई पुगेको छ।

सुनसरीका विभिन्न स्थानमा कर्फ्यू पनि जारी छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...