
सर्लाहीमा सुरक्षा समितिको बैठकले भारतबाट नेपाल भित्रिँदा अनिवार्य परिचयपत्र देखाउनु पर्ने निर्णय गरेको छ । शान्तिसुरक्षालाई दृष्टिगत गर्दै छिमेकी भारतबाट सीमा नाका भइ नेपाल भित्रने सम्पूर्ण यात्रुलाई अनिवार्य रूपमा आफ्नो आधिकारिक परिचय खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

सर्लाहीमा बिहीबार साँझसम्म शान्ति, सुरक्षाको अवस्था सामान्य नै रहे पनि शुक्रबार भने सदरमुकाम मलंगवामा बजार बन्द गराइएको छ । ठाउँ–ठाउँमा प्रर्दशन भइरहेको प्रहरीले बताएको छ ।

