
काठमाडौँ । देशका विभिन्न ठाउँमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेको छ।

बजारमा ग्यास अभाव भएपछि उपभोक्ताहरू ग्यास सप्लायर्सकहाँ लाइन लाग्न थालेका छन्। एक सिलिन्डर ग्यास पाउन उपभोक्ताले हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता भोग्नुपरेको छ।
नेपाल आयल निगमले फागुन अन्तिमदेखि आधा सिलिन्डर ग्यास वितरण गरिरहेको थियो। असार अन्तिमदेखि भरी सिलिन्डर वितरण गर्न थालेपछि उपभोक्ताबाट माग बढी हुन थालेको हो। मुख्यतः यही कारणले गर्दा साउन पहिलो हप्तादेखि बजारमा ग्यास पाउन मुस्किल परेको छ।

बजारमा उपभोक्ताले ग्यास नपाइरहँदा नेपाल आयल निगमले भने कुनै अभाव नरहेको दाबी गर्दै आएको छ। बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासमा सेवाग्राहीको लामो लाइन देखिएको छ।

