पाँच लाख नगद र आधा किलो लागुऔषधसहित दुई कारोबारी पक्राउ

cp new add
Nisharg hospital

बाँकेमा पाँच लाखभन्दा बढी नगद र ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

Nast Ad

नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पक्राउ पर्नेमा नेपालगन्ज–४ का ३० वर्षीय सुशील भण्डारी र नेपालगन्ज–१० का ५५ वर्षीय अजयकुमार जयशवाल रहेका छन्। प्रहरीका अनुसार भण्डारीको साथबाट १३६ ग्राम ८५० मिलिग्राम तथा जयशवालको साथबाट ३८९ ग्राम ४५ मिलिग्राम लागुऔषध बरामद भएको छ। दुवै जनाको साथबाट कुल ५२६ ग्राम २९० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, उनीहरूको साथबाट नेपाली रुपैयाँ एक लाख ८० हजार, भारतीय रुपैयाँ दुई लाख एक हजार ४०० (नेपाली रुपैयाँमा करिब पाँच लाख दुई हजार २४० बराबर), एक थान डिजिटल तराजु र दुई थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध कारोबारसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...