कैलालीको बौनियामा ग्याङ फाइट : किशोर घाइते ७ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनिया बजारमा बिहीबार साँझ दुई समूहबीच झडप भएको छ ।

Nast Ad

झडपमा परेर मा एक जना घाइते भएका छन्।बर्दगोरिया–२ झगडपुरका कृष्ण सेरेला र बौनियाका १७ वर्षीय विवेक विकको समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा बिक घाइते भएका छन् भने अन्य ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बर्दगोरिया–५ बेलुवाका दीपेश मलाल, विजय कार्की, विपिन रावल, भरत सुनार, रामपुरका प्रवेश भण्डारी, विशाल रावल र दीपेन्द्र बम रहेका छन्।

मुख्य आरोपित कृष्ण सेरेला भने फरार रहेका छन्। इलाका प्रहरी कार्यालय सडकपुरका अनुसार साँझ करिब ५स्३० बजे बौनिया बजारमा झै–झगडा भएको सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक खड्क भण्डारीको नेतृत्वमा आठ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार बीच झडप भएको थियो। झडपमा घाइते भएका विवेक विकको घाँटीमा चोट लागेको छ। उनको बर्दगोरिया अस्पताल प्रालि, बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...