
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जय नेपाल पार्टीका नेता दुर्गा प्रसाईँसँग प्रश्न गरेका छन्। उनले प्रसाईँले अशान्ति र कलह चाहिरहनुको कारण के रहेछ भन्दै चार वटा प्रश्न गरेका हुन्। साथै, प्रसाईँले नेपाल चलाउन सकिएन भारतलाई सुम्पिदिउँ भन्नुको कारण र बिहान पक्राउ पर्ने अनि बेलुकी छुटिहाल्नुको कारणबारे पनि जान्न खोजेका छन्।

यस्तै, उनले ऋण लिएर तिर्नुहुँदैन भन्नुको कारण के रैछ भन्दै चौथो प्रश्न गरेका छन् । ‘दुर्गा प्रसाइँ जी ले अशान्ति र कलह चाहिरहनुको कारण, नेपाल चलाउन सकिएन भारतलाई सुम्पिदिउँ भन्नुको कारण, बिहान पक्राऊ पर्ने अनि बेलुकी छुटिहाल्नुको कारण, ऋण लिएर तिर्नुहुँदैन भन्नुको कारण के रहेछ ?’ सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन् ।

