
काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका – ४ मानसिङमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।

नेपाली सेनाको श्रीनाथ गणमा म्याद सकेको विष्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर ५ जना घाइते भएका छन् । घाइतेहरुको उद्धारको लागि हेलिकप्टर गएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाले बताए ।
प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए । घटनाको विस्तुत विवरण आउन बाँकी छ । गणपतिले व्यस्त रहेको जनाउँदै विस्तुत पछि बताउने बताए ।

