टेस्ट ड्राइभ भन्दै अत्तरियाबाट मोटरसाइकल लगे, महेन्द्रनगरमा ग्यारेजमा छाडेर मोबाइल लिएर फरार

cp new add
Nisharg hospital

धनगढी । कैलालीको अत्तरियामा टेस्ट ड्राइभ गर्ने बहानामा चोरिएको मोटरसाइकल महेन्द्रनगरमा फेला परेको छ ।

Nast Ad

अत्तरियाको बाबु अटो सेल्सबाट टेस्ट ड्राइभ गर्ने बहानामा चोरिएको सुपप्र ०१–०१२ प ७६७२ नम्बरको मोटरसाइकल महेन्द्रनगरस्थित एक ग्यारेजमा फेला परेको हो ।

प्रहरीकाअनुसार भीमदत्त नगरपालिकाको त्रिवेणी चोकमा रहेको अवय अटो सपमा सर्भिस गर्ने भन्दै ती व्यक्तिले मोटरसाइकल पुगाएका थिए । त्यहाँ मोटरसाइकल छाडेका उनले एकछिन फोन गर्छु भन्दै मोबाइल मागेका थिए तर सोही मोबाइल लगेर फरार भएका छन् ।

अटो सप सञ्चालकले मोबाइल चोरिएको विषयमा खबर गरेपछि अत्तरियाबाट लगिएको मोटरसाइकल त्यहाँ भेटिएको हो । ती व्यक्ति भने मोबाइल लगेर फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...