सरकारले उद्योग खोल्ने होइन, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हो : राजेन्द्र लिङ्देन

cp new add
Nisharg hospital

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफैं उद्योग खोलेर सञ्चालन र प्रचार गर्नेभन्दा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्ने बताएका छन्।

Nast Ad

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सरकारले एउटा उद्योग सञ्चालन गरेको विषयमा टिप्पणी गर्दै लिङ्देनले समय परिवर्तन भइसकेकाले सरकारको भूमिका उद्योग सञ्चालनमा भन्दा लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने बताएका हुन्।

लिङ्देनले सोमबार सामाजिक सञ्जालमार्फत निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने, लगानीमैत्री वातावरण बनाउने र रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नु सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गरेका छन्। उनले विगतमा सरकारले उद्योगधन्दा स्थापना गरेर सञ्चालन गर्ने गरेको भए पनि अहिले त्यस्तो अभ्यास उपयुक्त नहुने धारणा राखेका छन्।

‘हिजो कुनै समय थियो, सरकारले उद्योगधन्दा खोल्ने र चलाउने। आज समय बदलिएको छ,’ लिङ्देनले भनेका छन्, ‘सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने होइन। निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने, लगानीमैत्री वातावरण बनाउने, एउटा होइन हजारौँ उद्योग खोल्न र लाखौँको रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको हो।’

उनको यो टिप्पणी प्रधानमन्त्री शाहले सरकारले उद्योग सञ्चालन तथा राष्ट्रिय संस्थानमा सकारात्मक परिणाम देखिन थालेको दाबी गरिरहेका बेला आएको हो।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...