
काठमाडौं– पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले विवाह गरेका छन् ।

लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग उनले हिजो अर्थात् अगष्ट ११ मा विवाह गरेका हुन् । आफूहरूले पोर्चुगलको कास्काइसमा पाँच सन्तानको उपस्थितिमा निजी रूपमा विवाह गरेको पुष्टि गरेका हुन् ।
यद्यपि, उनीहरूले विवाह भएको वास्तविक स्थान भने सार्वजनिक गरेका छैनन् ।


