भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिए हुन्छ : गृहमन्त्री गुरुङ

cp new add
Nisharg hospital

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न निर्देशन दिएका छन् । निर्वाचन क्षेत्र गोरखा–१ का विभिन्न गाउँहरू पुगेर जनताका गुनासा र समस्या सुनिरहेका गुरुङले आइतबार सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङमा पुगेर गालामा मालिस गर्न निर्देशन दिएका हुन् ।

Nast Ad

गुनासो सुन्ने क्रममा स्थानीयले त्रिशूली नदीमा सरकारले बाँसको पुल हाल्दैछ भन्ने कुरा गृहमन्त्रीसँग राखेका थिए । मन्त्री गुरुङले भने– ‘त्रिशूलीमा कसरी राख्ने बाँसको पुल रु २७ लाख पनि राज्यकै पैसा होला नि बाँसको पुल राख्नलाई। जो मान्छेले भ्रम फैलायो, बाँसको पुल यहाँदेखि त्यहाँसम्म बन्छ भनेर , मलाई थाहा छैन को मान्छेले यस्तो भ्रम फैलायो । सारै बुद्धु मान्छे रहेछ ।’

मन्त्री गुरुङले भने, ‘कहीँ बाँसको पनि पुल बन्छ, यहाँदेखि त्यहाँसम्म । त्यही पनि त्रिशूलीमा बाँसको पुल बन्छ ! नेपाल सरकार त्यति लाटो छ, बाँसको पुल त्रिशूलीमा राख्छ ? २७,२८ लाखको पुल बन्छ होला नि , जसले  अब नेक्स टाइम  यो भ्रम फैलाउँछ गालामा यसो मालिस गरिदिए हुन्छ । सुमसुम्याइँ दिए हुन्छ के कुरा गर्नुभएको भनेर’ भनेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...