६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै

cp new add
Nisharg hospital

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को घिउ दुबई निर्यात हुने भएको छ । डीडीसी र रातो र चन्द्र-सूर्य इन्टरनेसनल कम्पनीको सम्झौताअनुरुप पहिलो लटमा ६ सय किलो घिउ दुबई निर्यात हुन लागेको हो ।

Nast Ad

वर्षमा न्यूनतम ५० हजार किलो घिउ निर्यात गर्नेगरी संस्थान र उक्त कम्पनीबीच सम्झौता भएको थियो । कम्पनीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले अहिलेलाई ६ सय किलो मात्रै लैजान लागिएको बताए ।

‘हाम्रो सहायक कम्पनी मातृभूमि जनरल ट्रेडिङ एलएलसीको आफ्नै डिपार्टमेन्ट स्टोर खुल्दै छ । त्यसमै राख्ने हो,’ उनले भने, ‘त्यहाँबाट आउने रेस्पोन्सका आधारमा अर्को अर्डर गर्ने र लैजाने हो ।’

खाद्य तथा गुण नियन्त्रण विभागले खान योग्य छ भनेर दिइने ‘हेल्थ सर्टिफिकेटुका आधारमा दुबईमा फेरि परीक्षण हुने घिमिरेले बताए । ‘डीडीसीको ल्याब रिपोर्टअनुसार हामीले विभागबाट हेल्थ सर्टिफिकेट लिइसकेका छौं, त्यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन्छ,’ उनले भने, ‘दुबईमा फेरि त्यसकै आधारमा जाँच हुन्छ ।’

कुनै जाररबोटलमा प्याकेजिङ गरिएको यस्तो घिउको म्याद एक वर्षको हुने उनको भनाइ छ । ‘अहिलेलाई घिउ मात्रै लैजाने भए पनि भविष्यमा याक चिज पनि लैजाने गरी काम भइरहेको छ, उनले भने ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...