घर भाडामा लिएर जुवा सञ्चालन गर्ने दम्पतीसहित ९ जना पक्राउ

cp new add
Nisharg hospital

बुटवल प्रहरीले १ लाख ३२ हजार नगदसहित जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले घर भाडामा लिएर जुवा घर सञ्चालन गर्दै आएका दुई जनालाई समेत पक्राउ गरेको छ।

Nast Ad

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार पक्राउ पर्नेमा जुवा घर सञ्चालन गर्दै आएका ५३ वर्षीय शिवानी शाही र उनका श्रीमान् देवकुमार शाही रहेका छन्।

शाही दम्पतीले बुटवल उपमहानगरपालिका वडा नं. ३ गोलपार्कमा एउटा घर भाडामा लिएर जुवा घर सञ्चालन गर्दै आएको सूचना पाएपछि बिहीबार गएको प्रहरीले नगदसहित उनीहरूलाई पक्राउ गरेको हो। शाही दम्पतीले जापानमा बस्ने व्यक्तिको घर पुरै भाडामा लिएर जुवा सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। अन्य पक्राउ पर्नेहरू बुटवल र पाल्पाका विभिन्न स्थानका पेसेवर जुवाडे रहेको प्रहरीले जनाएको छ।

प्रहरीले जुवा खेल्ने व्यक्तिहरूको भने नाम सार्वजनिक गरेको छैन। प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बरामद गरिएको नगद जफत गरी पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...