
कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका–४ मिनी मार्केटस्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८४० मिलिग्रामसहित दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोल बस्ने २४ वर्षीय जनक खड्कालाई शनिबार दिउँसो पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि खड्कालाई पक्राउ गरेको जनाएको छ।
यसैगरी, भीमदत्त नगरपालिका–११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५७ मिलिग्रामसहित शुक्लाफाँटा नगरपालिका–८ झलारी बस्ने २३ वर्षीय धिरेन्द्र महरालाई पक्राउ गरिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा महराको साथबाट उक्त पदार्थ फेला पारेपछि उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

