सप्तरीमा तीन वर्षीया बालिका घर नजिकै मृत फेला

cp new add
Nisharg hospital

सप्तरीको  शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

Nast Ad

स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्।।

त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिए।

बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले उनले बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...