विचाराधीन पुनरावलोकन मुद्दाको फैसला पर्खने पक्षमा देउवा

cp new add
Nisharg hospital

काठमाडौँ । कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकन मुद्दाको निर्णय पर्खने बताएका छन् । पार्टीभित्र एकताको पहल गरिरहेका नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरसँग आइतबार बिहान भएको भेटमा देउवाले अदालतको फैसला आएपछि मात्रै थप प्रक्रिया अघि बढाउने संकेत गरेका हुन् ।

Nast Ad

‘अदालतको फैसला कुरौँला, संवादको विपक्षमा छैन,’ देउवाको भनाइ उद्धृत गर्दै महरले भने । उनका अनुसार देउवा पार्टीभित्रको विवाद संवादबाट समाधान गर्ने विषयमा सकारात्मक देखिएका थिए ।

सर्वोच्च अदालतले साउन २१ मा आफ्नै अघिल्लो फैसलाको पुनरावलोकन गर्न अनुमति दिएपछि देउवा उक्त मुद्दाको अन्तिम निर्णयको पर्खाइमा छन् । यसबीच संस्थापन पक्षले अघि बढाएको महाधिवेशनको तयारी र कार्यतालिकाबारे पनि अदालतको आदेशलाई कांग्रेसका दुवै पक्षले चासोका साथ हेरिरहेका छन् ।

देउवा पक्ष महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गर्न लागेको रिटको अवस्था स्पष्ट भएपछि मात्र थापासँग भेट गर्ने मनस्थितिमा रहेको नेताहरू बताउँछन् । संस्थापन पक्षले सुरु गरेको महाधिवेशन तयारीलगायत सम्पूर्ण कार्यतालिका रोक्न अन्तरिम आदेश माग गर्दै शुक्रबार अदालत जाने तयारी भए पनि रिट दर्ता हुन सकेको छैन । सोमबार रिट दर्ता गर्ने तयारी छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...