आफूमाथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेका तीन प्रहरी पुरस्कृत

cp new add
Nisharg hospital

काठमाडौं ।  आफूमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गर्ने तीन प्रहरी पुरस्कृत भएका छन् ।

Nast Ad

मंगलबार बिहान काठमाडौं महानगरपालिका- १० बानेश्वर थापागाउँ जाने सडकखण्डमा आकाशे पुलमुनि ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गर्नेलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याएकोमा उनीहरूलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा प्रहरी सहायक हवल्दारद्वय भरत कुमार राना, मधु कुमार यादव र प्रहरी जवान अबिना स्याबा परियार छन् । उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआईजी सुशील सिंह राठौरले बुधबार नगदसहित पुरस्कृत गरेका हुन् ।

आकाशे पुलबाट बाटो काट्न भनी सम्झाई बुझाई गर्दा नमानी अटेर गरी ड्यूटीमा खटिएका प्रहरी कर्मचारीमाथि गाली-गलौज तथा हातपात गरेको आरोपमा जुम्लाको तातोपानी गाउँपालिका -२ घर भई काठमाडौं महानगरपालिका -३१ बस्ने २७ वर्षीय राज कठायतलाई प्रहरीले उतिखेरै नियन्त्रणमा लिएको थियो ।

उनलाई कानूनी दायरामा ल्याउन सफल उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गरी प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...