बाढीको ताण्डव: मृत्यु हुनेको संख्या २७० पुग्यो

cp new add
Nisharg hospital

काठमाडौँ । भोटेकोशी, त्रिशूलीलगायत नदीमा आएको भीषण बाढीपछि हालसम्म २७० जनाको शव फेला परेको छ।

Nast Ad

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यका लागि नेपाल प्रहरीले ८ हजार ५० जना जनशक्ति परिचालन गरेको जनाएको छ। बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालमा २६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा २० जना र वीर अस्पतालमा २ जना घाइते उपचाररत छन्। अन्य अस्पतालमा समेत घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।

उपचाररत घाइतेमध्ये १४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...