चितवनमा फेला परेका २२९ शव जमिन मुनि गाड्ने तयारी

cp new add
Nisharg hospital

चितवन । रसुवा बाढीमा परी चितवनका विभिन्न स्थानबाट सङ्कलन गरिएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शवलाई जमिनमुनि गाडेर व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रमा रहेका ती शवहरू सडे–गलेको अवस्थामा पुगेको र त्यसबाट दुर्गन्ध तथा गम्भीर महामारी फैलिने उच्च जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो बाध्यकारी कदम चालेको हो।

जिल्ला सुरक्षा समिति चितवनको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला स्थानमा शवहरूको अन्तिम संस्कार गर्ने निर्णय गरेको छ। हालसम्म सङ्कलन गरिएकामध्ये ४ वटा शव मात्र पहिचान हुन सकेका छन्।

भविष्यमा आफन्तले खोजबिन गर्दा पहिचान गर्न सहज होस् भन्नका खातिर सबै शवको डीएनए नमुना र सङ्केत नम्बरसहितको विस्तृत अभिलेख सुरक्षित राखिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...