परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगित

cp new add
Nisharg hospital

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमण स्थगित गरेका छन्। रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधवार आएको बाढीपछि मन्त्री खनालले भ्रमणमा नजाने भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।

मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो।

बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदै छ।

मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी गरिएको थियो।

अब नेपालको तर्फबाट उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत सङ्घसंस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...