बाढीपीडितको उद्धार र पुनर्स्थापनामा चौधरी ग्रुपको १५ करोड सहयोग

cp new add
Nisharg hospital

काठमाडौँ ।  रसुवा बाढीमा प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि चौधरी ग्रुप र नबिल बैंकले १५ करोड बढी सहयोग गरेका छन्।

गत बुधबारको बाढीले ठूलो धनजनको क्षति भएपछि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने व्यवस्था गरेपछि उद्योगी व्यवसायी र सर्वसाधारणबाट कोषमा सहयोग जम्मा भइरहेको छ।

सोहीअनुसार व्यावसायिक घराना चौधरी ग्रुप र नबिल बैंकबाट १५ करोड बढीको सहयोग प्रदान भएको अर्थ मन्त्रालयले जनाएको छ। चौधरी ग्रुप र नबिल बैंक विनोद चौधरी परिवारको लगानी छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...