
काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले अहिले सबैभन्दा ठूलो आवश्यकता ‘फ्रिजर’ र ‘डीएनए डेस्टङ किट्स’को रहेको बताएका छन् ।
रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएकाको शव सुरक्षित राख्न र अन्तर्राष्ट्रिय प्रोटेकलको पालना गर्न ‘प्रिजर’ र ‘डीएनए डेस्टङ किट्स’को आवश्यकता रहेको आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जनाए ।
“शवलाई कुहिनबाट जेगाउनको लागि राख्ने फ्रिजर हामीले मागिरहेका छौँ । अर्को डीएनए डेस्टीङ इक्युपेन्टहरू मागिरहेका छौँ । अहिले हामीलाई प्रमुख चुनौती यही भएको छ । शव थुप्रै संकलन गरिसकेका छौँ । त्यो कुहिन सुरु भइसक्यो । त्यसलाई हामीले कहीँ दबाउनु पर्छ ।
यो गर्नुअघि एउटा स्ट्यान्र्ड प्रोटोकल हामीले पुरा गर्नुपर्छ, डीएनए परीक्षण गर्नुपर्छ । डीएनए डेस्टीङ किट्स अहिले हामीलाई सबैभन्दा बढी आवश्यकता परेको छ,” परराष्ट्रसचिव राईले भने ।
परराष्ट्रसचिव राईका अनुसार, विभिन्न देशसँग एक हजार थानभन्दा बढी फ्रिजर माग गरिएको छ । त्यति नै संख्यामा डीएनए टेस्ट किट्स पनि मागिएको उनले जनाए । अस्ट्रेलिया, केही खाडी राष्ट्र, इयूसँग ती सामग्री माग गरिएको छ ।

