कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद

cp new add
Nisharg hospital

कञ्चनपुर । कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब १ लाख १ हजार २ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार बेवारिसे अवस्थामा पेय पदार्थ, मैदा, नमकिन, दाल, ओखर तथा विभिन्न किराना सामान नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...