सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्रीले भेटे उत्तराखण्डका पूर्व मुख्यमन्त्री

cp new add
Nisharg hospital

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्डका पूर्वमुख्यमन्त्री तथा हाल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय उपाध्यक्ष तीरथ सिंह रावतबीच शनिबार भारतको राजधानी नयाँदिल्लीमा भेटवार्ता भएको छ।

नयाँदिल्लीमा उपचाररत निवर्तमान मुख्यमन्त्री शाह र रावतबीच भएको भेटमा हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिबारे विशेष छलफल भएको थियो।

भेटका क्रममा रावतले रसुवा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे ।

उनले यस दुःखद घडीमा नेपाललाई मानवीय सहयोग तथा उद्धार र राहतका लागि भारत सरकार तयार रहेको बताएका थिए। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ ।

निवर्तमान मुख्यमन्त्री शाह यही भदौ १० गते उपचारका लागि स्थलमार्ग हुँदै भारत प्रस्थान गरेका थिए । दिल्लीमा रहँदा भएको उक्त भेटवार्तालाई नेपाल–भारतबीचको आपसी सद्भाव, मानवीय संवेदना र विपद्का समयमा सहकार्यको भावनासँग जोडेर हेरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...