बझाङ केन्द्र बिन्दु बनाएर फेरी गयो ५.४ म्याग्नीच्यूडको भुकम्प

cp new add
Nisharg hospital

२६ कात्तिक, धनगढी । बझाङ केन्द्र बिन्दु बनाएर ५.४ म्याग्नीच्यूडको भुकम्प गएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा बझाङको पाटादेवल केन्द्र बिन्दु बनाएर ५.४ म्याग्नीच्यूडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

Nast Ad

सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा भुकम्पको धक्का महशुस गरिएको छ । भुकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

दुई दिन अघि मात्र डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बिन्दु बनाएर ६.६ म्याग्नीच्यूडको भुकम्प गएको थियो । त्यसयता सुदूरपश्चिममा पराकम्प गइरहेका छन् । भुकम्प मापन केन्द्रकाअनुसार अहिलेसम्म ४२८ वटा पराकम्प गइसकेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...