खैरो हिरोइनजस्तो पदार्थसहित लम्कीचुहाबाट २२ वर्षीय युवक पक्राउ

cp new add
Nisharg hospital

कैलाली । कैलालीको लम्कीचुहाबाट प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

लम्कीचुहा नगरपालिका–१ थपालीपुरबाट सोही ठाउँ बस्ने २२ वर्षीय ललित राना क्षेत्रीलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा राना क्षेत्रीको साथबाट १८० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको जनाएको छ।

पदार्थ फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...