महिलालाई जबरजस्ती करणी गरी फरार एक जना पक्राउ प्रेसपत्र प्रकाशित २०८३ भाद्र १५, सोमबार १४:०४ ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार भएका ३२ वर्षीय जनक कुमाल पक्राउ परेका छन् । देउखुरी उपत्यकाअन्तर्गत गढवामा उक्त घटना भएको थियो । इलाका प्रहरी कार्यालय, गढवाबाट खटिएको टोलीले कुमाललाई आइतबार साँझ पक्राउ गरेको हो ।