
धनगढी । कञ्चनपुरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।
भीमदत्त नगरपालिका–७ हल्दुखालका ६८ वर्षीय रामदत्त पाण्डेय सोही स्थानमा रहेको सिद्धनाथ सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका हुन्।
पाण्डेय सामुदायिक वनभित्र मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। मृतकको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

