
काठमाडौं । सर्वदलीय बैठक फेरि बस्ने भएको छ । मंगलबार (भदौ १६) दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो ।
बैठक सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा बस्नेछ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, त्यसपछि खोजी तथा उद्धार कार्य, राहत र पुनर्स्थापनाका विषयमा बैठकमा छलफल गरिने रास्वपाका प्रवक्ता जगदीश खरेल (ललितपुर)ले जानकारी दिए ।

