भरूवा बन्दुक सहित एक जना पक्राउ

cp new add
Nisharg hospital

संखुवासभाको मकालु गाउँपालिका –५ माङ्सिमा बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकालु गाउँपालिका –५ माङ्सिमाका २९ बर्षीय सिताराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए । इजाजत बिनाको भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा गुरुङलाई भदौ १५ गते पक्राउ गरिएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

नुन प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गुरुङको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने फलामको १४ वटा छर्रा बरामद गरेको प्रहरीले जनाएको छ ।

बन्दुकसहित पक्राउ परेका गुरुङ माथि जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...