बैतडीमा भूकम्प आउँदा बाहिर निस्कने क्रममा लडेर पुरुषको मृत्यु

cp new add
Nisharg hospital

२७ कात्तिक, धनगढी । बैतडीमा भूकम्प आएको बेला घर बाहिर भाग्ने क्रममा लडेर पुरुषको मृत्यु भएको छ ।

Nast Ad

शनिबार जिल्लाको डिलाशैनी गाउँपालिका १ सेल्तडाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो ।

शनिबार राति भूकम्पको धक्का महसुस भएका बेला भाग्ने क्रममा घरको सिँढीबाट लडेर घाइते भएका उनको राति ११ बजे मृत्यु भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । यस्तै बैतडीका विभिन्न स्थानहरुमा भूकम्पका कारण घर तथा संरचनाहरु पनि चर्किएका छन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...