
अपर त्रिशूली- १ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ। भरखरै नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ। उनी चिनियाँ नागरिक हुन्।
यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो। २१६ मेगावाटको अपर त्रिशूली-१ चिनियाँ ठेकेदारले निर्माणको काम गरिरहेका छन्।

