महाधिवेशनका लागि राष्ट्रिय सभागृहको हल बुक गर्न कांग्रेसले पठायो पत्र

cp new add
Nisharg hospital

काठमाडौं । महाधिवेशनका लागि राष्ट्रिय सभागृहको हल बुक गर्न कांग्रेसले पठायो पत्र नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको तयारी अगाडि बढाएको छ । यही क्रममा कांग्रेसले हल उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रिय सभागृहलाई पत्राचार गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले लेखेको पत्रमा आगामी असोज १५ देखि २० गतेसम्मका लागि हल, लवी, पार्किङस्थल र बगैँचा उपलब्ध गराउन भनिएको छ ।

कांग्रेसले आफ्नो १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्नेगरि मिति तय गरेको छ । महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनार्थ ६ दिनका लागि हल चाहिने कांग्रेसले बताएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...