कञ्चनपुरमा नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु

cp new add
Nisharg hospital

कञ्चनपुर । बेदकोट नगरपालिका–३, दैजीस्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बृख ओखेडाका छोरा साहिल ओखेडालाई आफन्तले नहरमा डुबेको अवस्थामा फेला पारेका थिए। तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएकोमा चिकित्सकले शनिबार बेलुकी मृत घोषणा गरेका हुन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...