भीम रावलले लेखे ओलीविरुद्ध यस्तो कविता

cp new add
Nisharg hospital
suchana

२८ कात्तिक, काठमाडौँ । पछिल्लो समय चुनावी सभाहरूमा एमाले कार्यकर्ताहरूले चर्को स्वरमा नेता भीम रावलको नाम लिन थालेपछि अध्यक्ष केपी शर्मा ओली हैरान छन । मन्तव्यकै क्रममा उनले झोक्किँदै र रावलको आलोचना गर्दै जवाफ दिने गरेका छन ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि जिल्ला, क्षेत्र र प्रदेश कमिटीबाट एकल नाम सिफारिस हुँदासमेत भीम रावललाई टिकट नदिएपछि कार्यकर्ताले ओलीलाई प्रश्न गरिरहेका छन । तर, ओलीले भने उनीहरुको प्रश्नमा झर्किदै जवाफ दिने गरेको पाईन्छ ।

यस्तै रावल भने पार्टीभित्रै रहेर अध्यक्ष ओलीको आलोचना गरिरहेका छन । हिजोमात्रै ओलीले दैलेखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरेपछि झोक्किँदै जवाफ दिएका थिए ।

पटक–पटक कार्यकर्ताले भीम रावल भनेपछि झोक्किएका ओलीले भीम रावलको माया लागे अछाम जान पनि भनेका थिए । उनले रावलको नाम लिनेहरुलाई भनेका थिए, ‘चुप लागेर बस्नुस । भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस ।’

यसै क्रममा नेता रावलले ओलीको नाम नलिईकन उनीविरुद्ध ‘बोल्न बन्द गर’ शीर्षकमा व्यंग्यात्मक कविता लेखेका छन । सामाजिक सञ्जालमा सार्वजनिक उनको कवितामा ओलीको अहम् र निरंकुशताको चित्रण गरिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...